Rashtriya Dainik

बर्दघाट नगरपालिकामा अहिलेसम्म दर्ता भएका २०३ मुद्दाहरूमध्य १०५ वटा मिलापत्र

तुलसी राम पौडेल / बुटवल ८ माघ

लुम्बिनी प्रदेश पश्चिम् नवलपरासी स्थित बर्दघाट नगरपालिकाकि उप प्रमुख मायादेवी पौडेलले स्थानीय निर्वाचनपछि न्याय समितिको जिम्मेवारी आफुले सम्हालेदेखि अहिलेसम्म न्याय समितिमा २०३ वटा मुद्दाहरू दर्ता भएको बताउनु भयो ।
न्याय समितिमा दर्ता भएका २०३ मुद्दाहरू मध्य १०५ वटा मुद्दाहरू मिलापत्र भैसकेका छन् भने १९ वटा मुद्दाहरू हाल प्रक्रियामा रहेकाछ्न ।नगरपालिकाको न्याय समितिमा ४४ वटा घरेलु हिंसा सम्बन्धि मुद्दा ,४ वटा सम्बन्ध विच्छेद सम्बन्धि मुद्दा , १४६ वटा जग्गा सिमा विबाद सम्बन्धि मुद्दा ,९ वटा कुटपिट गाली बेइज्जत सम्बन्धि मुद्दाहरू दर्ता भएको नगर उप प्रमुख तथा न्याय समिति संयोजक मायादेवी पौडेलले बताउनु भयो ।

नगरपालिकामा सम्बन्ध विच्छेद सम्बन्धि ४ वटा मुद्दा अदालत पठाइएको छ ।मुद्दा दर्ता गरेर सम्पर्कमा नआएका ७५ वटा तामेली मुद्दाहरु न्याय समितिमा रहेको उपप्रमुख पौडेलले बताउनु भयो ।न्याय समितिमा जिम्मेवारी सम्हालेको शुरु शुरुमा निकै कठिन भएको र पछि सहज हुँदै गएको न्याय समिति संयोजक पौडेलले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित