नवलपरासीमा २४ लाख बढीको अबैध सामान बरामद

सहबान अन्सारी/नवलपरासी,८ माघ

नवलपरासीमा बिभिन्न स्थानबाट भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २४ लाख ७१ हजार ७ सय मुल्य बराबरको बिभिन्न मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार बर्दघाट नगरपालिका वडा नं. ४ टिसिन चोक स्थित भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २२५ थान डिजल पिस्टन ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त डिजल पिस्टनको प्रतिथान १० हजारका दरले २२५ थानको अन्दाजी २२ लाख ५० हजार मुल्य बराबर रहेको छ ।
त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ७६ हजार ७ सय मुल्य बराबरको चिनि, कपडा, चामल, बिस्कुट, सर्फ, तेल लगायतका बिभिन्न मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त बरामद सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यलय बुझाईएको छ।
त्यस्तै रामग्राम नगरपालिका वडा नं. १० मन्जरियामा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको चार कार्टुन र दुई बोरामा अन्दाजी २५० केजी जिउँदो माछा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई बरामद माछा स्थानियको रोहवरमा खाल्डो खनि पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot