बिराटनगर। बृहत मधेसी नागरिक समाज द्वारा आयोजित ञवर्तमान सन्दर्भमा देशको राजनीतिक अवस्था र संसद (प्रतिनिधि सभा) बिघटन सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि मानवअधिकारकर्मी कृष्ण पहाडीले खड्क ओली गणतन्त्र, संघियता र समावेशीताको घोर बिरोधी रहेको छ । पहाडीले भने लोकतन्त्र जनताको बलले स्थापित भएको, माओवादिको बलले संबिधाान सभा आएको र संघियता मधेस बिद्रोहले ल्याएको तर प्रधानमनन्त्री केपी ओलिले प्रतिनिधि सभा बिघटन गरी जनताको सबै उपलब्धिहरू गुम्ने दिशामा लगेको आरोप लगाएको छ । ओलिले तात्कालिक अवस्थााको २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा बयलगाडा चढेर राजतन्त्र फाल्न सकिदैन भन्ने चरित्रको आज पुष्टि गरेकोेले सत्ता मातले राजतन्त्र फर्काउने खेलको मतियार बनेको बताएको बताउँदै समावेशी चरित्रको संविधानलाई ओलि सरकारले राजदुतहरूको नियुक्तिमा ३३ प्रतिशत महिलाको, दलितको प्रतिनिधित्व समावेशी नरहेकोले ओलि समावेशीताको घोर बिरोधि रहेको प्रमाणित हुन्छ । संविधानको प्रस्तावनामा अहिंसा शब्द लेख्न सुझाएको भएपनि हिंसाको प्रोत्साहन दलहरूले नै दिएकाले आज संविधान धरापमा पर्ने खतरा बढेको भन्दै हालको अवस्थामा संविधान भन्दा बाहिर गएर संसद विघटन गर्नु र त्यसको साक्षी किनारा राष्ट्रपति रहेकोले दुबैजना मिलेर देशलाई द्वन्द्वतिर धकेल्नु जनताको उपलब्धिलाई एक सय बर्ष पछि पार्ने निश्चित छ वहांको भनाई थियो । बिघटित संसदलाई पुनःस्थापन गर्न न्यायालयको कोटमा रहेकोले न्यायाधीशहरुको फैसलाले निकास निस्कने आशावादी रहेको तर अन्तिम निर्णायक जनता रहेकोले नागरिक समाजको भुमिका झन् बढेको बताए । कार्यक्रममा बृहत मधेसी नागरिक समाजका केन्द्रीय महासचिव हिरालाल साहले अवधारणा पत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा संसद बिघटनको भत्र्सना गर्दै संवैधानिक बाटोबाट सम्पूर्ण उपलब्धिको जगेर्ना गर्न प्रम ओलिलाई सुझाईएको छ । कार्यक्रममा अध्यक्षता गरेका बृहत मधेसी नागरिक समाजका केन्द्रीय अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले संविधानको उपलब्धिलाई गुम्न नदिन सबै आम नागरिकहरु, पत्रकार, बुद्धिजीवी, मधेसी, पिछडाबर्ग, आदिवासी जनजाति, दलित सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी लगाायत पत्रकार, राजनीतिकर्मि, बुद्धिजीवी कानुनबिद, राजनीतिकर्मि, नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य पुनम दासले राखेकि थिइन् भने कार्यक्रम संचालन श्यामसुन्दर सुतिहारले गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।