Rashtriya Dainik

महेशपुर भन्सारको स्तर उन्नति नहुँदा गाडीको जामै जाम ; आम जनतालाई सस्ती

रन्जीत शर्मा/ नवलपरासी / ६ माघ ।

पश्चिम् नवलपरासी पर्ने एक मात्र मुल भन्सार महेशपुर भन्सारको स्तर उन्नति न हुदा करिब १ किलोमीटरको गाडीहरुको जामले जनतालाई सस्ती हुने भएको छ ।

सिमा नाका देखी भन्सार कार्यालय सम्म बाट साङरो भएकोले एक तर्फ गाडी पार्किङ गर्दा एक तर्फी बाटो मात्र सन्चालन हुने भएका कारण जनतालाई आवतजावतमा समस्या हुने तथा दुर्घटनाको बढी सम्भावना रहेकोले गुनासो गरेका छन् ।

दुई वर्ष पहिला आर्थात २०७५ साल साउन १ गतेदेखी मुल भन्सारको रूपमा परिणित भए ता पनि हाल सम्म कुनै स्तर उन्नतिको काम हुन सकेको छैन ।

मुल भन्सारको रुपमा परिणत हुँदा सुर्य चिन्ह प्रयोग गरि चुनाव जितेका स्वतन्त्र उमेदवार तथा नेपाल सरकारका स्वास्थ मन्त्री हृदयेश त्रीपाडी तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेल लगायत नेकपा तथा नेपाली काङ्ग्रेसका दुबै नेताकार्यकर्ताले आफ्नो हक दाबी तथा पहलमा भएको हो भन्ने कुनै कसर छोडेका थिएनन् । तर हाल स्तर उन्नतिका लागी कुनै पक्षले चासो न लिएको जनताहरु गुनासो गरेका छन ।

बाटो मै गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेकाले स्थानीयले गुनासो गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित