पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.२ मनरी बसोबास गर्दै आएकि चुलवुले चन्चल स्वभावकि मधेशकी प्यारी छाेरी ७ वर्षिय सुर्वि सुसान्त घिमिरे यतिबेला टिक टक मार्फत चर्चित बन्न पुगेकी छिन । सोशल मिडिया ऐप्लिकेसन”टिकटक” बाट ज्ञान गुन , डान्स , कमेडीका सानातिना भिडियो बनाएर लाखौं ब्यक्ति रमाइ रहेको छन । ‘बाइट डान्स’ कंपनीले चीनमा सन २०१६ मा ‘टिक-टक’ लॉन्च गर्यो । त्यसपछि सन २०१८ सालमा ‘टिक-टक’ एप्लिकेसनको लोकप्रियता बढ्दै गयो अक्टूबर तिर अमेरिकामा सबै भन्दा धेरै डाउनलोड गरियो । विस्तारै एप्लिकेसन विश्व चर्चित बन्न पुग्यो । नेपालमा पनि यसको लोकप्रियता गाउँ होस या शहर जताततै छाएको छ । सुर्वि सुसान्तले भाेजपुरी , नेपाली ज्ञानवर्दक ,कमेडी भिडियो बनाउने गर्छिन् । पछिल्लो समयमा पिपल वाेटमा पर्खन्छु (नेपाली) र लालि लालि ओठवा (भाेजपुरी) गितमा गरिएकाे अभिनय र नृत्य अत्याधिक चर्चित दिलाउन सफल बनायाे। १५ सेकेन्डको भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख भन्दा वढिले हेरेको बताइन् । सुर्विले अहिले वसन्तपुर जेनिथ ईंगलिश स्कुल सरावल -१ वासावसहिमा कक्षा २ मा पढ्छिन ! स्कुलमा सवैले टिकटक क्विन भनेर वाेलाउने गरेकाे बताउँछिन् ! उनकाे भाेजपुरी कमेडि डायलग र डान्स अत्याधिक मन पराईएकाे छ ! साथै उनकाे नेपाली नृत्य र अभिनय पनि मन पराईएकाेछ !! उनका वुवा सुसान्त शर्मा घिमिरे राजनिति संगै समाजसेविकाे रुपमा चर्चित हुनुहुन्छ भने ममि वन्दना पाण्डे गृहिणिकाे रुपमा हुनुहुन्छ !! सुर्विकाे भिडियाेहरुमा प्राय अकंल युवराज यादव र फुपुकाे छाेरी ग्रिष्मा पाैडेल संग देखिने गर्छिन ! नवलपरासीमा टिकटक प्रयाेगकर्ताहरुका विच लाेकप्रिय रहेकि छिन ! उनी कतै हिडडुल गर्दा र घुम्न जादा आफुलाई धेरैले चिन्ने गरेकाे कुरा सुनाईन !! उनका भारत युपि विहार सम्मका फ्यान रहेका छन ! भारतमा टिकटक माथि लगाईएकाे वन्देज भए यता उनका फ्लाेवर्स र लाईक कमेन्ट न्यून भएका छन ! उनिलाई म्युजिक भिडियाे र फिल्ममा माैका पाए काम गर्न ईच्छा व्यक्त गरिन र बाल कलाकार मार्फत यस क्षेत्रमा अगाडि वढ्ने सपना सुनाईन ! उनकाे टिकटक आईडि @surbi_susant रहेकाे छ र उनले मेराे कला अभिनय र नृत्यलाई सम्मान सहित सवैकाे साथ सहयाेग र हाैशलाकाे अपेक्षा गरेकिछिन ! राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।