तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु।

 

—–न्यानो माया अनि मिठो सम्झना .! सानु जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा। के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ भन्ने आशा लिएको छु.! सानु
भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा। अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछु सानु तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ ।

तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म नचाहेरै पनि तिमीतिर तानिएँ। तर तिमी ! तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौ। अचम्म लाग्छ, किन म तिमीसँग आँखा जुधाउन सक्दिनँ। मेरा आँखा अनायसै झुक्छन्, तिमी सामु हुँदा। मेरो जिउ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा। के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन? वा तिमी निर्दोष बनिरहेकी छौ सानु जानीजानी? म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि भुल्न चाहन्छु आफैलाई।

तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो सानु । म त फेरि गरिब परिवार को एक्लो छोरा तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई।
तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र। अस्वीकारै गरेपनि म दु:खी हुने छैन।

मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा। म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन।
मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ। के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु।
उही, तिम्रो मायाको भिकारी

दिलकाे राजा दिपेन्द्र खत्री
मालारानी गाउँपालीका वडा नः२ अर्घाखाँची

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot