२०८० माघ १३ गते | शनिवार २७ जनवरी २०२४। माघ कृष्णपक्ष द्वितीया तिथि। अश्लेषा नक्षत्र, १२ः२१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः२१ बजेपछि सिंह। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूकाे साथ–सहयाेग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आँटेकाे काम गर्न बिहानै जुट्नुहाेला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। आस लागेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसाेदेखि आत्मविश्वासको कमीले पछि परिनेछ। नाेक्कासानीका साथै विवादमा फसिने डरले सताउनेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ तर बलजफ्ती गर्दा काम बिग्रन सक्छ। कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। तर हतारमा निर्णय लिँदा काम बिग्रनुका साथै दोहोर्याउनुपर्ने हुन सक्छ। सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। दिउँसाेदेखि महत्त्वाकांक्षी याेजनाले प्रश्रय पाउनेछ। तर हठ गर्ने बानीले सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चिलो काम थालनी हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते कामकाे अवसर प्राप्त भए पनि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विवादमा अघि नसर्नुहाेला। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ। वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। भौतिक साधन जुट्नाले आँटेकाे काम गर्न सकिनेछ। मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। सावधानीले उपलब्धि जाेगाउन सकिनेछ, मिहिनेत गर्नुहाेला। धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे स्वास्थ्य कमजाेर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसाेदेखि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि रमाइलाे भेट भए पनि व्यावहारिक काम गर्ने समय छ। प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा अड्किएकाे काम बन्नेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। दिउँसोदेखि काममा दाैडधुप गर्नुपर्ने हुन सक्छ। परिश्रमले थकित भइनेछ। समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द रकम खर्च भए पनि काम अड्किन सक्छ। किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला। बिहान जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्राकाे साइत पनि जुर्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। मिहिनेत गर्दा उद्देश्य प्राप्त गर्न सफल भइनेछ। मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि बिहानको समय उपलब्धिमूलक रहनेछ। व्यवसायले आम्दानी बढाउनेछ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसाेदेखि अधैर्य व्यवहार दर्साउँदा काम बिग्रन सक्छ। व्यर्थैमा अरूकाे आलाेचना सहन गर्नुपर्नेछ, सजग रहनुहाेला। केही खर्च पनि बढ्न सक्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।