मुक्ती तिवारी-बर्दघाट /४ माघ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका चौपत्ता हुदै वडा नम्बर १४ प्रवेश गर्ने खजुरा खोलामा ट्रस ब्रिज(फलामे पुल) निर्माण गरिने भएको छ।नगरप्रमुख धिरज शर्मा बस्यालले आज एक कार्यक्रमका बिच पुलको शिलान्यास गर्नु भएको हो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख धिरज शर्मा बस्यालले आम जनताको समस्यालाई नगरले सम्बोधन गरिरहेको बताउदै समग्र बिकास निर्माणमा सबैले हातेमालो गरि अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो। त्यसैगरी कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष केसव बहादुर खत्रीले उक्त बाटोमा पुल नहुदा आम जनताले आवज जावतमा निकै कठिनाई ब्योहोर्नु परेकोले पुल निर्माण पश्चात् बर्षातको समयमा समेत निकै नै सहज हुने र दुरि समेत छोटो पर्ने बताउनु भयो। यसबाट सबै लाभान्वित हुने बिस्वास व्यक्त गर्नु भयो।सोही क्षेत्रमा खजुरा खोलाको तटिय पर्याबरिय सुन्दरता झल्काउने गरि पार्क निर्माण गरि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरको भावी योजना समेत रहेको छ। ३४ लाख चौसट्ठी हजार कुल लागत रहेको पुलको लम्बाई ३२ मिटर र चौडाई १.५ मिटर रहने छ।पुल निर्माणको जिम्मा हिकोडेफले लिएको छ भने २० दिन देखि करिब एक महिना भित्रमा पुल निर्माण सम्पन्न भैसक्ने उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर कुवरले जानकारी दिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।