Rashtriya Dainik

कोभिडबारे जनचेतना गराउदै सुनवल सामुदायिक बिकास केन्द्र

उमेश बि.क/ नवलपरासी,२ कार्तिक

पश्चिम् नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकामा सुनवल सामुदायिक बिकास केन्द्रले कोभिड बारे जनचेतनामुलक माइकिङ कार्यक्रम सम्पन्न गरेको छ ।

समुदाय स्तरमा दिनानुदिन काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढ्दै गइरहेकोले चाडपर्वलाई लक्ष्यित गर्दै पाल्हिनन्दन गाउँपालिका वार्ड न ५ र ६ काे सम्पुर्ण टाेलमा कोभिड बारे जनचेतनामुलक माइकिङ कार्यक्रम सम्पन्न गरेको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकाे आयोजनामा तथा युनाइटेड मिसन टु नेपालकाे सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा काेराेनाकाे लक्षण , काेराेनाबाट बच्ने उपाय तथा सावधानीकाे विषयवस्तु समेटेर जनसमुदायमा सचेतना फैलाउने उद्देश्यले माइकिङ गरिएको हो ।

कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔँ भन्ने अभियान अन्तर्गत साबुन पानी मिचिमिचि हात धोऔँ, घर बाहिर जादा नियमित मास्कको प्रयोग गरौँ,रुघाखोकी लागेमा तथा स्वास्थ्यमा कुनै समस्या देखिए तुरुन्त अस्पतालमा जाऔँ, घरपालुवा र जंगली जनावरको पहुचबाट टाढा बसौँ, समान्य स्वास्थ्यमा समस्या देखिए पनि त्यस्ता ब्यक्तिको सम्पर्कमा नबसौँ, मासु अण्डा खानु परे राम्ररी पखाली पकाएर खाऔँ लगाएत जनचेतनामुलक भोेजपुरी भाषामा लेखिएका ब्यानर र साउण्ड रेकर्ड सहित पाल्हिनन्दनकाे वडा नं. ५ र ६ का सम्पूर्ण टाेलटाेलमा जनचेतना फैलाउने काम गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित