जाडाेका कारण जनजीवन प्रभावित

उमेश बि.क / नवलपरासी ,२७ पुस

विगत २ दिनदेखि एक्कासि बढेकाे चिसोको कारण नवलपरासीको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि नवलपरासी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

शितलहरसँगै चिसो हावाको कारणले जाडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा धेरै यातायातका साधन चलेका छैनन् ।

जाडाेले खासगरी वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् भने किसानकाे काम प्रभावित बनेकाे छ । कार्यालयमा काम गर्ने कर्मचारीलाइ समेत कठिन बनाएकाे छ । स्कुले बालबालिका हैरानीमा परेका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।

जिल्लाका दलित गरिब तथा विपन्न परिवारहरुः जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ । जाडोले किसानहरुलाई खेतमा काम गर्न कठिनाई भैरहेको छ भने ज्याला मजदुरी गर्ने श्रमिक र जागिर गर्ने कर्मचारीहरु समेतलाई चिसोले काम गर्न अप्ठयारो भएको बताएका छन् ।

ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्रभावित हुन थालेका छन् ।

यता, शितलहर बढेसँगै नवलपरासीमा मानवीय क्षति हुन नदिन स्थानीय तहहरूले खासै पूर्वतयारी गरेका छैनन् ।

कसरी छल्ने जाडाे ?

यस माैसममा न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ । ताताेपानी, झाेल, गेडागुडी जस्ताे झाेलिलाे खाना खानुपर्छ । घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ । बन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारजनमा जानकारी गराउनुपर्छ ।

सावधानीः

जाडाेकाे प्रभावबाट बच्नका लागि घरभित्र अागाे बालेर झ्यालढाेका थुनेर सुत्ने गरेकाे पनि पाइन्छ तर यसाे गर्नुहुदैन । बाहिरबाट अाउने हावा राेक्नुहुदैन । अागाे बाल्दा अक्सिजन नष्ट हुनेहुनाले हावा अाउने पर्याप्त खुला स्थान पनि हुनुपर्छ ।

    

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot