आरपि उपाध्याय / नवलपरासी ,९ कार्तिक
नारायणी टोल विकास संस्था विनयी त्रिवेणी ७ ब्यारेज पुल नवलपुरको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम विहीबार ब्यारेज पुलमा सम्पन्न भएको छ।
विजयादशमीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष जीवन अर्यालको अध्यक्षतामा सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले चाडपर्वको अवसरमा गरिने रमाइलो सास्कृतिक कार्यक्रमबाट चाडपर्व को महत्व बढ्ने र मानिसहरुमा उत्साह र रमाइलोपन बढ्ने बताउनुभयो।
कार्यक्रममा स्थानीय समाजसेवीहरु टेकनारायण भुसाल,संस्थाका सल्लाहकार बलराम के.सी.लगायतले शुभकामना सहित कार्यक्रमको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा स्थानीय र बालकलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए।
सो अवसरमा वडा न.७ का वडाध्यक्ष उमेश कार्की,सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी विओपिका प्रमुख मनि कुमार पल्ली मगर, भारत स्थित एस एस बि वाल्मीकि नगर विओपिका इन्सपेक्टर जगराज सिंह, इ.प्र.का. त्रिवेणीका सइ इन्द्र न्यौपाने लगायत ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालिका भागिरथा घर्ती मगरले जानकारी दिनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

