आरपि उपाध्याय / नवलपरासी ,३० असार
पश्चिम नवलपरासी प्रतापपुरमा खाद्य पदार्थको पोषण प्रवर्द्धन तथा उत्पादनको क्रममा प्रयोग गरिएका विषादीका असर न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (ब.स.प.) को आयोजना तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा खाद्य पदार्थको उत्पादन गर्दा गरिने विषादी प्रयोगले मानव जीवनमा पर्ने असर तथा सोको न्यूनीकरणका लागि गर्न सक्ने प्रयास बारे जानकारी गराइएको थियो।

कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहीले मानिसको अमुल्य जीवनलाई सन्तुलित खाद्य पदार्थको प्रयोग गरेर स्वस्थ राख्न सकिने बारे जानकारी गराउदै कार्यक्रमको लक्ष्य,उद्देश्य माथि प्रकाश पार्नुभयो।
सो अवसरमा कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत चन्द्रप्रकाश गुप्ताले कार्यक्रममा सहजीकरण गर्दै कृषि प्राविधिकले सिफारिस गरेको कीटनाशक औषधिको प्रयोग गर्नुपर्ने जानकारी दिदै हाम्रो खाना विषादी रहित हुनुपर्ने र विषादीको पहिचान सहितको विषयवस्तुमा केन्द्रित रही सहजीकरण गर्नुभएको आयोजकले बताएको छ।

अभिमुखिकरण कार्यक्रममा प्रतापपुर गाउँपालिका का ५० सहभागीहरुको सहभागिता रहेको कार्यक्रमका सहजकर्ता समेत रहनुभएका वरिष्ठ मलेरिया अधिकृत देवीलाल पौडेलले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

