Rashtriya Dainik

पर्साको पोखरिया नगरपालिकामा कुस्ती दंगल प्रतियोगिता उदघाटन

राजन कुमार बानिया /पर्सा ,९ कार्तिक

बिजयदशमीको अवसरमा पर्साको पोखरिया नगरपालिकामा आज बिसाल कुस्ती दंगल प्रतियोगिताको उदघाटन पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीद्वारा संयुक्त रुपामा भएको हाे।

बिजया दशमीको अवसरमा पोखरिया नगरपालिकाको वडा नं ४ ले आयोजना गरेको कुस्ती दंगल प्रतियोगिता पोखरियामा रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा.बी को चौरमा सम्पन्न भएको थियो।

नव दुर्गा पूजा समिति र पोखरिया वडा नम्बर ४ को आयोजनामा कुस्ती दंगल प्रतियोगिता वडा अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सम्पन्न भएको हो।

कुस्ती दंगल प्रतियोगितामा उप मेयर रूबी कुमारी ठाकुर ,पोखरिया नगरपालिकाको प्रथम मेयर दीपनारायण प्रसाद रौनियार, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता ,
,नेता नेजामोदिन समानी ,बिध्याचल ठाकुर ,शंकर यादव,नेपाली कांग्रेस पोखरिया नगर कमिटी अध्यक्ष रामबाबु प्रसाद चौहान, क्षेत्रिय सभापति श्रीकिसुन प्रसाद चौहान ,नेकपा एमाले क्षेत्र नम्बर ३ को सभापति राजेश्वर प्रसाद रौनियार, नेपाली कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधी,ललन दुबेदी, शैलेन्द्र प्रसाद यादव , पोखरिया नगरपालिकाको लेखापाल मन्दिप महतो,पोखरिया नगरपालिकाको १ देखि १० सम्मको वडाअध्यक्ष लगाएत हजारौको संख्यामा जनसहभागिता रहेको थियो।

कुस्ती दंगल प्रतियोगितामा भारत नेपालका पहलवानहरुले आ आफ्ना कुस्ती प्रदर्शन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित