काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल भोलि हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ ।
नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो ।
यूएई र हङकङले समान एक-एक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

