Rashtriya Dainik

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने, दुई जना प्रहरीको नियन्त्रणमा

दोरेन्द्र खड्का ,बझाङ
बझाङः बझाङमा एक स्वाथ्यकर्मीमाथि हातपात भएको छ। हिजो मंगलबार जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि हातपात भएको हो।

डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्कामाथि अभद्र व्यवहारसँगै कुटपिट भएको बताइएको छ।

दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ।

जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा इन्कार गरेपछि खड्कामाथि गाली गर्नुका साथै उहातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

हातपात गर्ने सोहि ठाउँका सुदिप सुनार र सन्तोष कुवरलाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित