काठमाडौं / २६ पुस कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका छन् । एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए । ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए । ‘हामी हस्ताक्षर गरेर फर्कियौं । हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो’, सांसद बेदुराम भुसालले भने । संसद् विघटन गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नरहेकाले बहिष्कार गरेको उनले बताए । गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ । यो अवधिमा चार पटक गरी सात घण्टा पाँच मिनेट बैठक चल्यो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।