राष्ट्रिय दैनिक / नवलपरासी ,८ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा ३३ औँ गाउँले फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

हिमालय युवा क्लबकाे आयाेजनामा क्लबका अध्यक्ष रामराज चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतकाे प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हाे ।
खेलको समापन सत्रमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बस्नेतले राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल महत्त्वपूर्ण रहेको बताउनुभयो । खेलकुदले शारीरिक व्याम देखि अनुशाशीत हुने शैली सिकिने भएकोले खेलाडीहरुले देशको नाम उच्च पार्न सँघर्ष गर्नुपर्ने बताउदै गाउँ गाउको खेलाडीहरुको मनोबल उच्च भए खेलकुद प्रतियोगिता हुँदा स्थानीय खेलाडीहरुको खेलकुद प्रती इच्छा वृद्धि हुनेमा जोड दिनुभएको थियो । आफू युवा भएकोले युवा लच्छित याेजनाहरु अगाडि सारेको बताउदै यश क्लबकाे बिकासका लागि अगामि दिनमा बजेट बिनियाेजन गरि खेल र फिल्ड ब्यवस्थापन तथा भाैतिक निर्माण कामलाई निरन्तर्ता दिने बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले याे ठाउँ याे भुमि खेल र खेलाडीकाे लागि फुटबल प्रतियोगिताकाे लागि उर्बर भुमि रहेको बताउनुभयो । याे क्लबले खेल र खेलाडी साथै थुप्रै नेतृत्व पंक्ति उत्पादन गरिरहेकाे कुरा राख्दै खेलबाट जागिर मिल्न सकेको पनि धारणा राख्नुभएको थियो । बिगतकाे वर्षदेखि यश क्लबलाई सहयोग गरेको बताउदै हाल पालिका अध्यक्ष भएर पनि यश क्लबकाे विशिष्ट अतिथिकाे रुपमा प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताउनु भएको थियोे । पालिकाले अब खेल र खेलाडी ब्यवस्थापन गर्नकाे लागि कार्यविधि बनाइ रहेको कुरा राख्दै पालिका खेल र खेलाडी उत्पादन गर्ने कुरा राख्दै यश खेल सन्चालनका लागि विशेष सहयोग साथ दिईरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलबाट खेलाडीले राम्रो गर्न सके भने आफ्नो परिवार वडा र समग्र पालिकाकाे नाम राेसन हुने बताउनुभयो । खेलले शरिरलाई स्वास्थ बनाउनुकाे साथै यसले राेजगार सृजना हुने बताउनुभयो । वहाँले खेल र खेलाडीकाकाे लागि पालिकाबाट विशेष सहयोग साथ रहने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान पालिका उपाध्यक्ष उत्तमा राय, वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी, समाजसेवी हरिलाल यादव , पुर्व वडा सदस्य चन्दा चाैधरी र पत्रकार उमेश बि.क लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
फुटबल खेलकुद प्रतियोगिताकाे फाइनल खेल धर्मबस्ती र सरावलबिच भएको खेलमा धर्मबस्तीले १ गाेलकाे विरुद्ध २ गाेल गरि बिजेता भएको हाे।

प्रथम हुने धर्मबस्तीलाई नगद रु ३५ हजार ५ सय ५५ रुपैया , कप , मेडल , प्रमाणपत्र प्रदान गरिएको हाे।।
त्यस्तै उपविजेता सरावललाई नगद २० हजार ५ सय ५५ रुपैया सहित कप , मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका सचिव सुनिल बि.कले जानकारी दिनुभयाे ।

क्लबका काेषाध्यक्ष फुलमाया कुमारी चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन उपाध्यक्ष सन्दिप बि.कले गर्नुभएको थियो ।

img src=”https://rashtriyadainik.com/wp-content/uploads/2023/10/IMG_20231024_195103-scaled.jpg” alt=”” width=”2560″ height=”1922″ class=”alignnone size-full wp-image-41776″ />
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

