राजन कुमार बानिया /पर्सा ,७ कार्तिक
बिजयादशमीको अवसरमा पर्साको कालिकामाई गाउँपालिका वडा नं ५ बिरंचीबर्वामा रहेको भवानीमाई मेलाको उ्द्वघाटन मधेस प्रदेश सरकार पुर्व मुख्यमन्त्री लालबाबु राउत गदी र उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले संयुक्त रुपमा एक समारोहका बिच निलकण्ठ चरा भनिने धोबिन चरा उडाएर र फिता काटेर उदघाटन गर्नु भएको थियो।
बिरंचीवर्वामा रहेको भवानीमाईको मन्दिरमा वर्षौ देखि दशमीको दिन लागदै अाएको मेला पाँच दिन सम्म चलने पुर्णवासीको समापन हुने अायोजक समितिले जनाएका छन ।
माता भवानीमाईको मन्दिरमा सचादिलले मांगेको भाकल मनोकामना पुर्ण गर्ने बिश्वास रहेकोले भवानीमाई मंदिरमा अाज देखि पुजापाठ गर्न सुरु भएको छ।
मेला उद्वघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी,ज.स.पा पर्साका रामनरेश प्रसाद यादव ,कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता ,धोबिनी गापा अध्यक्ष मदन चौहान,वडा अध्यक्ष जयनारायण प्रसाद, लालबाबु चौरसिया,संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह लगायत स्थानिय हरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

