Rashtriya Dainik

मूर्ति बिसर्जन गर्ने क्रममा रुपन्देहीमा दुईजनाको मृत्यु, एक वेपत्ता

रुपन्देही , ७ कार्तिक ।

रुपन्देहीमा नदीमा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा ३ जना वेपत्ता भएका थिए । जसमध्ये २ जनाको शव फेला परेको छ।

कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानाको रुपमा रहेको दुईमोहन नदीमा मूर्ति बिसर्जनको क्रममा मंगलबार दिउँसो २ बजे ३ जना उक्त नदीमा वेपत्ता भएका थिए । स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरूबाट खोजतलास गरी दुईजनाको शव नदीबाट बाहिर निकालिएको छ ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ का २४ वर्षिय अजय कुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

सोही स्थानका २० वर्षीय सन्त कुमार राजभर वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले जानकारी दिए । सन्त कुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो नदीमा प्रत्येक वर्षको दशैमा दुर्गा मूर्ति तथा, तिहारमा लक्ष्मी मूर्ति बिसर्जन गरिदै आइएको छ । विगतका वर्षमा मूर्ति बिसर्जन गर्ने क्रममा विभिन्न व्यक्तिहरूको उक्त नदीमा डुबेर मृत्यु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित