Rashtriya Dainik

पर्साकाे छिपहरमाई मन्दिरमा दर्शनार्थीकाे भिड

राजन कुमार बानिया /पर्सा, ७ कार्तिक

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बंजारीस्थित रहेकाे छिपहरमाई मन्दिरमा आज मेला लागेकाे छ । विजयादशमीकाे अवसरमा लागेकाे मेलामा मन्दिर मा दर्शन गर्नेहरुकाे भिड लागेकाे छ।
भिड व्यवस्थित गर्नको लागि सशस्त्र प्रहरी,नेपाल प्रहरी पुजा समिति स्वमसेवक र गाउँपालिका प्रहरी हरुको सहयोगले दर्शनार्थीहरुलाई दर्शन गर्न कुनै किसिमको समस्या नभएकाे छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए । महिलाहरुकाे भिड व्यवस्थित गर्न पनि गाउँपालिका र नेपाल प्रहरी खटेका हो।

पर्साकाे इतिहासिक र प्रसिद्ध मानिएकाे छिपहरमाई मन्दिर दर्शन गर्न नेपाल का बिभिन जिल्ला र भारतकाे सिमावर्ती जिल्लाकाे विभिन्न ठाउँका दर्शनार्थीहरु पनि पुग्ने गर्छन । माता को मन्दिर मा सचामन ले भाकल मांगे को भक्तजन हरु लाई माता छिपहरमाईले श्रद्वालु हरुको मनोकामना पुर्ण गर्नु हुने छ ।यहाको बिश्वास रहेको छ। मन्दिर परिसरमा घटस्थापना कै दिनदेखी नवमी सम्म अष्टजाम समेत हुने गर्दछ । दशमी को दिन छिपहरमाई मन्दिरमा रोटी पुडी,चढाउने ,चुनरी, प्रसाद पुजापाठ गरि चढनउने गर्छन।यहाँ माता रानीको स्थलमा बली समेत चणाउने गर्छ।


मेलामा छिपहरमाई गाउँपालिका र प्रदेश सभा सदस्य सिंहासन साह कलवारकाे तर्फबाट दर्शनार्थीहरुकाे लागि नि:शुल्क रुपमा खाजा , छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता , उपाध्यक्ष प्रतिनिधि किशोरी साह कानु,माअोबादी केन्द्रका अारमान खांन , गाउँपालसका कमिटि रास्ट्रिय स्वतन्त्र पार्टीका तबरेज अहमद लगायतले निशुल्क खाजा बितरण गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित