Rashtriya Dainik

सेनवंशिय इतिहास बोकेको पाल्ही मन्दीरमा मुल पुरोहितका कण्डेल परिवारद्वारा दुर्गा पूजा

राष्ट्रिय दैनिक / नवलपरासी , ६ कार्तिक

सेनवंशिय इतिहास बोकेको पश्चिम नवलपरासीको पाल्ही मन्दीरमा मुल पुरोहितका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल परिवारद्वारा विधिपूर्वक दुर्गा पूजा गरिएको छ ।

आज महानवमीका दिन मुल पुरोहितका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल र उहाँका सुपुत्र डाक्टर आरोग्य कण्डेलले विधिपुर्वक महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न पाल्हि शक्तिपीठमा लगी पुजाअर्चना गरी पाल्ही मन्दीरको पुजा सर्मपण सुरु गर्नुभएको थियो ।

आश्विन शुक्ल नवमीका दिन आज महानवमी पर्व आज देशभरका शक्तिपिठहरुमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन ४ मा रहेको शक्तिपिठ पाल्ही कोटकी काली भगवतीको मन्दिरमा महानवमी अवसरमा पुजाआजाका लागी बिहानैबाट प्रत्येक वर्ष सरी यस वर्ष पनि भक्तजनहरुको घुईचो लागेको छ ।

पाल्ही कोटकी काली भगवतीको मन्दिरमा श्रद्धालुहरुले लामबद्ध भएर पुजाआजा गरिएको हाे । मन्दिर व्यवस्थापन समितिले पुजाआजाका लागी सहज रूपमा दर्शन गर्न सकिने व्यवस्था गरिएको मुल पुरोहित एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ ।

आज साझ सम्म पाल्हि मन्दीरमा श्रद्धालुहरु दर्शनका लागी पुग्ने गर्दछन्। आज नवलपरासीका दाउन्ने देवी मेलाकालिका, महलपेखरी, तथा विभिन्न स्थानमा रहेका शक्तिपिठमा पनि बिहानैबाट श्रद्धालुहरुको भिड रहेको थियोे

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिएकाे छ ।

पशुबलि नदिने र शाकाहारी श्रनुभक्तहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिके दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येको नवीं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुगाँको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ देशभर कोतपूजा र निशानापूजा गरि मनाइदै छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित