Rashtriya Dainik

कृष्णनगर लगायत गाँउगाँउमा भव्यरूपमा दुर्गापुजा मनाइदै

अजय मिश्र, कृष्णनगर, असोज ५

कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार लगाएत कृष्णनगर नगरपालिकाको विभिन्न वडाहरुमा पण्डाल स्थापना गरि दुर्गा पुजा भव्यरुपमा मनाइएको स्थानीय राकेश पाण्डेयले बताउनु भयो ।

विजया दशमीको अवसरमा नवदुर्गा भवानीको मूर्ति राखेर ९ दिनसम्म विहाना बेलुका आरती पूजा भइरहेको छ ।

तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन वर्षो देखि चलिआएको छ । कपिलवस्तु जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने चलन रहेको छ ।

मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन मंगलवार गरिने जनाइएको छ । कृष्णनगर क्षेत्रको शान्ति सु–ब्यवस्थाको लागि सुरक्षाकर्मी अहोरात्र खटिएको जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित