अमृत भट्टराई / बिहादी, पर्वत ।
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबले समाजमा प्रत्येक्ष रुपमा फाइदा हुने अचम्मको काम गरेको छ ।
नेपाली हरुको महान चाडपर्व वडा दशै तथा दिपावलिको अवसर परेर क्लबले बर्राचौरका मुख्य र धर्मिक स्थलमा चाडपर्वको बेला धेरै मानिस घुम्न र हेर्न आउने भएको र सोही कर्ममा केही खानेकुरा ल्याउन सक्ने र खाएपछि जथाभावी फोहोर नहुन दिनका लागि विभिन्न स्थलमा डस्विन राखिएको क्लबका सक्रिय सदस्य विस्नु गिरिले बताए ।

सुन्दर हाम्रो गाउँ उज्यालो बस्ती बनाउ भने नारा साथ दशै तिहारको बेलामा चोरी हुने वा कुनै पनि दुर्घटना हुन् सक्ने भएकाले बर्राचौर नौनादीको विभिन्न ठाउँमा बत्ती जोडान गरिएको छ ।
क्लबका सदस्य हिमलाल गिरी (पारसले ) बताए । उनका अनुसार अहिले बर्राचौरमा मात्र गरेका छौं यस कार्यमा स्थानीय सरकारले सहयोग गर्यो भने विहादी गाउँपालिकाका मुख्य स्थान र विभिन्न सार्वजनिक स्थलमा पनि उज्यालो बनाउने योजनामा रहेको उनले बताए । साथै विभिन्न सडक पनि मर्मत सँगै सरसफाइ गरेका थिए ।

उक्त कार्यमा क्लबका अन्य सदस्य प्रेम नेपाली , सुमन नेपाली , रेशम गिरी, राजु गिरि , कमल नेपाली लगाए स्थानीयवासीको साथ र सहयोग रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

