Rashtriya Dainik

ल्यानस कलब अफ फुलवारीद्वारा दुर्गा मन्दिर सरसफाई

महेश सिंह/ सिरहा लहान, ५ कार्तिक

सिरहाको लहानमा ल्यानस कलब अफ फुलवारीद्वारा दशै दिपावली तथा छठ पर्वको सुभ कामना अदान प्रदान र सर सफाई कार्यक्रम सम्पन्न गरेको छ।

कल्बका अध्यक्ष राजु साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा क्यान्सर अस्पतालका अध्यक्ष अशोक अमात्य,कलबका संस्थापक अध्यक्ष राकेश झा,रामानन्द गुप्ता,डा.रितेश गिरी सिद्धार्थ बैंक लहान प्रबन्धक राम प्रमोद यादव,अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष संजय अग्रवाल लगायत संयौ अतिथिहरुको उपस्तिथि रहेको आयोजकले बताए।

एक कार्यक्रमको आयोजना गरी बृहत रूपमा सरसफाई कार्यको थालनी गरेको हो।चार्ड पर्बलाई लछित गरी कलबले सरसफाईको आयोजना गरेको आयोजक समितिका प्रतिनिधि तथा जसपा नेपालका युवा नेता बिजय कुमार यादवले जानकारी दिनु भयो।

सफा लहान स्वच्छ लहान मुल नाराको साथ लहानको दुर्गा मन्दिर बजार आसपासको सडकमा सरसफाई गरेका हुन्।
प्रमुख अतिथि चौधरीले चौधरीले ब्यानर वाचन गरेर कार्यक्रमको सुरुवात गर्दै विभिन्न रोगबाट जोगीनु सरसफाई जरुरी रहेको र सुन्दर,सफा नगर बनाउने अभियानमा लागेका कल्ब प्रति अभार प्रकट गर्दै नगरपालिकाको तर्फबाट सराहनीय कार्यको लागी धन्यवाद दिएका थिए।

निरन्तर सरसफाईमा खटीएका एक महिला र एक पुरुष गरी दुई जनालाई प्रमुख चौधरी र कल्बका अध्यक्ष साहले समान गर्दै सरसफाई अभियानमा लगेका सम्पुर्णलाई धन्यवाद दिदै आउने दिनहरुमा निरन्तर सरसफाईको कार्यलाई अगाडी बढाउने र हरेक नागरिक मा जनचेतनाको बिकास होस भन्ने उदेश्यले अभियान सुरु गरेको हो।

कल्बका संस्थापक निबर्तमान अध्यक्ष प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित