Rashtriya Dainik

पाल्पाको रानीमहल नजिकै जिप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा, ५ कार्तिक

पाल्पाको तानसेन रानीमहल सडक खण्डको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बेलुका करिब ५ बजेको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित