राजन कुमार बानिया / पर्सा ,३ कार्तिक
सशस्त्र प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका – ३ स्थित जयमंगलापुर ओरिया खोला नजिकबाट शुक्रबार बिहान तस्करीका कपडा बरामद गरेको छ।
भारतदेखि भन्सार छली गरेर ल्याउँदै गरेको २ लाख मूल्य बराबरका कपडा सशस्त्रले नियन्त्रणमा लिएको हो। तस्करीमा संलग्नहरु प्रहरीलाई देख्नसाथ कपडा छाडेर भागेको बताइएको छ।
बीओपी (बोर्ड आउट पोस्ट) भिस्वा बंजारीबाट सशस्त्र प्रहरी निरीक्षक छबी दर्लामीको कमाण्डमा खटिएको टाेलीले उक्त तस्करीको लताकपडा बरामद गरेको हो ।
बरामद गरिएका तस्करीका लताकपडा आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

