आरपि उपाध्याय / नवलपरासी , ३ कार्तिक
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका अन्तर्गत नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा पटाका जन्य सामाग्री बरामद गरेको छ ।
सिमावर्ति पाल्हिनन्दनको गोपालपुर स्थित एक बगैचामा लुकाई राखेको पटाकालाई गोप्य सुराकिको आधारमा बरामद गरि नस्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपती धिरेन्द्र राज न्यौपाने ले जानकारी दिनु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक विकास भुजेलको नेतृत्व मा गएको टोलिले उक्त परिमाणको पटाका बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलले बरामद गरेको पटाकाजन्य सामाग्रीलाई जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ,प्रहरी पोस्ट महेशपुर का प्रतिनिधि र सन्चारकर्मीको रोहवरमा नष्ट पारिएको बताइएको छ । सशस्त्र प्रहरी बलले बरामद गरेको विभिन्न किसिमको पटाकाको मूल्य ९ लाख ६० हजार रहेको जानकारी गराइएको छ।
सशस्त्र प्रहरी बलले यस पुर्वपनी रामग्राम नगरपालिकाको कुनवारे हर्कट्टा सडक खन्डमा ठूलो परिमाणको पटाका बरामद गरि नष्ट गरिएको थियो ।
चाड्पर्वलाई लक्षि्त गरि सशस्त्र प्रहरी बलले विशेष सुरक्षा योजना अन्तर्गत राजमार्ग,भित्री सडक र दक्षिणी सिमावर्ती सडकहरु मा चेकजाँच गस्तीलाई अभियानकै रुपमा परिचालन गर्दै आएको बुझिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

