Rashtriya Dainik

यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने प्रशासन संवाददाता

काठमाडौँ / ३ कार्तिक

नेपाली यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ ।

समूह एमा अपराजित हुँदै सेमिफाइनल पुगेको नेपालले समूह डीको विजेताको रूपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समूह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस (डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समूह विजेता बनेको हो ।

यू-१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउने छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित