Rashtriya Dainik

अनिवार्य निःशुल्क शिक्षा प्रवर्द्धनका लागि अन्तर सवांद कार्यक्रम सम्पन्न 

महेश यादव / नवलपरासी, ३ कार्तिक ।

लुम्बिनी प्रदेशको प्रदेशस्तरीय किशोर किशोरी तथा युवा संजालको आयोजनामा अनिवार्य निःशुल्क समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि सरोकारवालाहरुसँगको अन्तरसवांद कार्यक्रम बिहीबार दाङको भालुवाङमा सम्पन्न भएको छ ।

संजालका अध्यक्ष आरिफ खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले समाजिक सवालको पहिचान गरेर समाजमा सकारात्मक परिवर्तनको लागि सधै तयार रहन युवाहरुलाई आग्रह गरे ।

उनले विशेष गरेर शिक्षा र उद्यमशीलता जस्ता प्रमुख विषयलाई जोड दिनुपर्छ भन्दै प्रदेश सरकारले शिक्षा र उद्यमशिलतालाई विशेष कार्यक्रमको रुपमा सञ्चालन गरेको बताए । उनले भने, ‘अरुले गरेनन् भन्दा पनि आफूले काम गर्नुपर्छ ।

अहिलेको युवा पिढीले परिवर्तन ल्याउँछ ।’ शिक्षा र युवा दुवै देशका प्रमुख परिवर्तनको सम्वाहक भएको उनको भनाइ छ ।
संजालका उपाध्यक्ष गुन्जा थारुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रदेशमा समाबेशी तथा गुणस्तरीय शिक्षाको अवस्था, अपेक्षा र भावी दिशा लगायत प्रदेश सरकारले गर्दै आएको पहलहरुको बारेमा कार्यपत्र प्रस्तुति तथा प्यानलमा छलफल र सम्बोधन गरिएको थियो ।


सुजित मिश्रा र अर्चना आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका कार्यवाहक सचिव थानेश्वर ज्ञवाली, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल, सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव दुर्गा अर्याल, वरिष्ठ कार्यक्रम संयोजक आर.र.टी. खान, एन.सी इ. प्रदेश सचीव कृष्ण मल्ल,नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, राजपुर गाउँपालिका किशोर किशोरी संजाल दाङको कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित