Rashtriya Dainik

एक घर एक धारा अभियान,सबैको पहुँचमा खानेपानी : नगरप्रमुख श्रेष्ठ

नवलपरासी , १ कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अति बिपन्नलाई निशुल्क धारा जडान गर्ने भएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आयोजना गरेको बार्षिक समिक्षा तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका एक घर एक धाराको अवधारणा अन्तर्गत अगाडी बढेको बताउनु भयो । -“एक घर एक धार अवधारणा अन्तरगत १ करोड बजेट छुट्याएका छौँ ।

अति बिपन्न लाई निशुल्क र बिपन्नलाई ५० प्रतिसत छुट दिइने छ । “नगरप्रमुख श्रेष्ठले भन्नु भयो। नगरले विभिन्न संघ सस्थासङ्गको सहकार्यमा शुद्ध खानेपानी र सरसफाइ युक्त नगर बनाउने ध्येयका साथ नगर अगाडि बढेको उहाको भनाई छ ।
बर्दघाट नगरपालिका वडा ०४ का वडा अध्यक्ष बेधबिना तिवारीले पानी मान्छेको जीवनजगत सग जोडिएको बताउदै भएको बताउदै उहाले नेपालमा नै प्रतिष्ठित सस्थाको रुपमा आफुलाइ उभ्याउन सक्नु पर्ने बताउनु भयो ।

सस्थाका पुर्व पदाधिकारीहरुले निष्ठा पुर्वक इमानदारीता का साथ काम गरेकोले सस्था यो अवस्थामा बढेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले कार्य प्रगति समिक्षा गर्दै गत बर्ष राखेका धेरै लक्ष्यहरु पूरा गरेको सस्थाका अध्यक्ष दीपक लम्सालले बताउनु भयो । ४ हजार ९५ धारा जडान गरि १८ हजार जना उपभोक्ताहरुलाइ पानी उपलब्ध गराएको छ । आम्दानीको १ सय ४ प्रतिशत र खर्चको ८३ प्रतिशत लक्ष्य प्राप्ती गरेको सस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको बिजय दशमी, शुभदिपावली र छठ पर्व २०८० को अवसरमा शुभकामना दिदै शुभकामना आदानप्रदानसमेत गर्नु भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पुर्व अध्यक्ष, कमान सिह थापा इन्द्र बहादुर राना, सल्लाहबाट रबिन्द्र बिक्रम हमाल, सघ संस्थाहरुको तर्फबाट उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट प्रेस कल्वका अध्यक्ष कुस्माकर ढकाललगायतले बोल्दै पानीको मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध पानी निरन्तर रुपमा पुर्‍याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित