उमेश बि.क / नवलपरासी , १ कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
आउदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको हाे।

सुस्ता गाउँपालिका भित्र रहेका राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी,कर्मचारी एवं अन्य सरोकारवाला ब्यक्तिहरु बिच पालिकाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष उपाध्यायले पर्व एउटा एकताको प्रतीक हो,यो चाडपर्वले एक आपसमा आत्मीयता बढाउने काम गर्दछ । यो पर्वलाई सम्पुर्ण सुस्ताबासीले आ आफ्नो तरिकाले खुशी मान्दै आफ्नो हैसियत अनुसार पर्व मनाउन सम्पुर्ण सुस्ताबासीलाई आग्रह गर्नुभएको हाे।
पालिका अध्यक्ष उपाध्यायले यो पर्वको अवसरमा मदिरा सेवन गरि होहल्ला नगर्न र कुनै प्रकार घटना तथा अपराधहरु नघटाउनका लागि आग्रह गर्दै सम्पुर्ण सुस्ताबासीहरुको घरमा दुर्गा भवानीको बास होस र सुस्ताको बिकासमा सम्पुर्ण दलिय प्रतिनिधिहरुको साथ रहने अपेक्षा गर्नुभएको हाे ।

त्यस्तै पालिका उपाध्यक्ष गिता चाैधरीले शक्तिकी देबि दुर्गा माताले हरेक महिलालाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले नेपालीहरुको महान पर्वहरुले अनेकतामा एकताको भावना जगाउने र सकारात्मक सोचको बिकासका लागि हाम्रा पर्वले महत्त्वपूर्ण भुमिका खेलेको र सम्पुर्ण सुस्ताबासीमा यो पर्वले खुशियाली छाउदै सम्पुर्ण सुस्ताबासीमा सकारात्मक सोचको बिकास होस भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियोे ।

शुभकामना आदानप्रदान कार्यक्रममा सम्पुर्ण वडा सदस्यबाट प्रतिनिधि गर्दै सुस्ता २ का वडा सदस्य कुन्ती मुखिया,सम्पुर्ण कार्यपालिका सदस्यबाट प्रतिनिधि गर्दै सुस्ता ४ का वडा सदस्य मुना पुन,सुस्ता ४ का निर्वतमान वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग,सम्पुर्ण वडा अध्यक्षबाट प्रतिनिधि गर्दै सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव र जनता प्रगतिशील पार्टीका सुस्ताका प्रतिनिधि ब्रहमा लोहार ,जनमत पार्टी सुस्ताका अध्यक्ष असरफ चुडिहार,जनता समाजबादी पार्टी सुस्ताका अध्यक्ष नन्दलाल गुप्ता,राष्ट्रिय प्रजातन्त्र पार्टी सुस्ताका अध्यक्ष मदन ज्ञवाली,नेपाल कम्युनिस्ट पार्टी माओवादी सुस्ताका अध्यक्ष दिर्घजिवी पोख्रेल , नेपाली काङ्ग्रेस पार्टी सुस्ताका उपसभापति नारायण पाण्डे र इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्यामप्रकास यादव लगाएतले बिजया दशमी,शुभदिपावली तथा छ्ठ पर्वको पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

