आरपि उपाध्याय / नवलपरासी , १ कार्तिक
प्रतापपुर बहुमुखी सहकारी संस्था लि.बेलाटारी पश्चिम नवलपरासीको ४७ औं वार्षिक साधारणसभा बेलाटारीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथी समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अर्थतन्त्रको जगको रुपमा रहेको सहकारी संस्थालाई चलायमान गराउन सकिए ग्रामीण भेगको गरिबीलाई न्यूनीकरण गर्न सकिने बताउदै रासायनिक मलको हाहाकार मच्चिएको अवस्थामा किसानहरुले गाउँपालिकालाई समस्या समाधान गर्न ध्यानाकर्षण गरेपनी यस समस्याको समाधान गर्न पनि संघीय सरकारको मुख्य कर्तव्य रहेको धारणा राख्नुभयो।
उखु कृषकको वक्यौता रकम हालसम्म पनि भुक्तानी नभएको प्रसङ्गबारे अध्यक्ष यादवले कारखानालाई अविलम्ब भुक्तानी दिनुपर्ने अन्यथा कृषकको धैर्यको बाध टुट्ने चेतावनी पनि दिनुभयो।
कार्यक्रममा प्रतापपुर गाउँपालिका १ का वडाअध्यक्ष महेन्द्र बहादुर चौधरी,वडा न.९ का वडाध्यक्ष जय किसुन चौधरी, मितेरी कृषि सहकारी संस्था प्रतापपुर ७ का अध्यक्ष प्रकाश पण्डित,त्रिवेणी बहुमुखी सहकारी संस्थाका अध्यक्ष प्रेमचन्द गुप्ता,केदारनाथ पाण्डे लगायतले संस्थाको गतिविधिमाथी प्रकाश पार्नु भएको थियो।
संस्थाका कोषाध्यक्ष रामधारी केवटले कोषाध्यक्षको प्रतिवेदन संस्थाको व्यवस्थापक गोविन्द पाठकले आय/व्यय प्रस्तुत गर्नुभएको जानकारी प्राप्त भएको छ।
“दिगो विकास लक्ष्य प्रगतिका लागि सहकारी” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभामा संस्थाले गत आ.व. मा १० लाख ६४ हजार शुद्ध नाफा गरेको साधारणसभामा जानकारी गराइएको थियो।
२०३३ सालमा स्थापना भएको नवलपरासीकै पुरानो प्रतापपुर बहुउद्देश्यीय सहकारी संस्थामा हाल ३२२ सेयर सदस्य रहेको कार्यक्रम सञ्चालक ऋषि केशव उपाध्यायले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

