फर्साटिकर कपको उपाधी फुलबारी गायज बुटवललाइ

तुलसी राम पौडेल / फर्साटिकर २५ पुस

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १० गतेदेखि संचालित फर्साटिकर कप फुटबल प्रतियोगिता शनिबार फाइनल खेल सम्पन्न भैइ समापन भएको छ। शनिबार फुलबारी गायज बुटवल भर्सेस सेन्ट्रल कलेज बिएफसी चितवन बीच भएको अन्तिम फाइनल खेलमा फुलबारी गायज बुटवल ट्राइब्रेकरमा चारका विरुद्ध पाच गोलको अन्तरले सेन्ट्र्ल कलेज बिएफसी चितवनलाई पराजित गरि बिजय भएको छ। निर्धारित समयमा दुबै पक्षबाट २-२ गोल भएपछि खेल ट्राइब्रेकरमा परिणत भएको थियोे ।बिजेता फुलबारी गायज बुटवलले नगद दुई लाख रुपैया ,मेडल प्रमाणपत्र प्राप्त गरे भने उप बिजेता सेन्ट्रल कलेज बिएफसी चितवनले नगद एक लाख रुपैयाँ ,मेडल प्रमाणपत्र प्राप्त गरे। शनिबारको फाइनल खेलको म्यान अफ द म्याच फुलबारी गायजका शरद क्षेत्री घोषित भए।त्यसै गरि सर्वोकृष्ट खेलाडी फुलबारी गायजका जितेश गुरुङ ,उदयमान खेलाडी चादनी युवा क्लब दानापुरका दिपेश परियार ,उत्कृष्ट गोलकिपर फुलबारी गायजका अनिश तामाङ ,सर्वाधिक गोलकर्ता सेन्ट्रल कलेज बिएफसी चितवनका जोन ग्लोरी घोषित भए ।
फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,क्लबका संरक्षक चक्रबहादुर कुवरको विशिस्ट आतिथ्यता, क्लबका उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका सल्लाहकार मित्रबन्धु गौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot