Rashtriya Dainik

रेडक्रस बालपुरी उपशाखाद्वारा गर्भावति र सुत्केरी महिलाहरुलाई झुल बितरण

उमेश बि.क / नवलपरासी ,१ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलीमा ८ जनालाई र वडा नम्बर ३ पटनीमा १७ जनालाई गर्भावति, सुत्केरी महिलाहरुलाई किटनासक झुल बितरण गरिएको छ।

नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासी र सरावल गाउँपालिकाकाे सहयाेगमा झुल बितरण गरिएको हाे ।

बालपुरी उपशाखाकाे सभापति सन्जय माैर्यकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच २४ जनालाई झुल वितरण गरिएको हाे।

नेपालमा डेंगु महामारीको रुपमा फैलिरहेकोले गर्भावति, सुत्केरी महिलाहरु उच्च जाेखिममा रहेको कारण वहाँहरुकाे स्वास्थ्यकाे ख्याल गर्दै झुल वितरण गरेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । वहाँका अनुसार सुत्केरी भएका महिला र शिशुहरुको लागी पालिकाले विभिन्न कार्यक्रम गर्दै आइरहेको र अघिल्ला दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो ।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले आमा र बच्चाकाे स्वास्थ्यलाई मध्यनजर गर्दै झुल वितरण यश समयमा प्रभावकारी रहेको बताउनुभयो ।

झुल बितरण कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा सदस्य अर्जुन बहादुर क्षेत्री ,नेपाल रेडक्रस साेसाईटी केन्द्रीय कार्यालय स्वास्थ्य अधिकृत दिपक पाेख्रेल ,स्वास्थ्य अधिकृत अनुपा खड्का लगाएतकाे सहभागीता रहेको थियो ।

बिहीबार सरावल गाउँपालिका वडा नम्बर १ तिलकपुर १२ र वडा वडा नम्बर ४ ललितपुरमा २४ जनालाई वितरण गरिने याेजना रहेको उपशाखाकाे सभापति माैर्यले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित