संंजय कुशवाहा / नवलपरासी १ कार्तिक
प्रचार–प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नपुग्दा मन्दिर ओझेलमा परेको छ । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माता मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
मानिसहरूले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे पछि भाकल पुरा हुन्छ जनविश्वास रहेको स्थानीय बताउँछन् । करिब २५ वर्ष स्थापित भएको कोटही मन्दिरमा संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि गाउँपालिकाको जनप्रतिनिधिहरुको ध्यान यश मन्दिरमा अहिलेसम्म नपुगेकोले कोटही माताको मन्दिर ओझेलमा परेको स्थानियहरूले बताए ।

१४ वर्ष पहिला साविक गाविस गुठी परसाैनीले कोटही माताको स्थानमा पक्की मुर्ति निर्माण गरिएको थियो ।
खुल्ला आकाश मुनि रहेको मुर्ति माथि ट्रस्ट नभएकोले मुर्ति घाम र पानी खादै आएको थियो । तर दुई वर्ष अगाडि सोही गाउँपालिका वडा न.६ गुठी परसौनीका युवा समाजसेवी दिन बन्धु मिश्राले कोटही माताको मुर्ति माथि जस्ता लगाएका थिए ।
धर्मप्रति श्रद्धा भएका युवा समाजसेवी मिश्रले फेरि पनि कोटही माता मन्दिरको भुइँ पनि पक्की गरि समाजको लागि उदाहरणीय कार्य गर्नु भएको हो ।
जनप्रतिनिधिले गर्ने काम युवा समाजसेवी मिश्राले गरेपछि गाउँलेहरु चाैतर्फिक प्रशंसा गरिराखेका छन् ।
मिश्राले समाज कल्याण तथा धार्मिक स्थानलाई पर्यटकीय क्षेत्र बनाउनमा आफु हमेशा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

