राजन कुमार बानिया / पर्सा ,१ कार्तिक
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद रौनियारले कार्यभार समालेका छन। प्रमुख प्रसाशकिय अधिकृत रौनियार लाई एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु फुलमाला अबिर लगाएर स्वागत गरेका थिए।सखुवाप्रसौनी गाउँपालिकाको सभा हलमा भएको गाउँपालिका अध्यक्ष जसवनत यादवले स्वागत तथा परिचयात्मक कार्यक्रममा फुलमाला लगाई स्वागत गरेका छन।
स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रौनियारले सखुवाप्रसौनी गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाका जनता हरुको काम काज छिटो र छरितो गरिने । गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।
स्वागत तथा परिचात्मक कार्यक्रममा वडाअध्यक्ष बासदेव महतो थारु,चिरजिबी महतो थारु,महम्द अारिफ मियाँ ,अषेशर प्रसाद यादव,लगाएत कार्यपालिका सदस्य,कर्मचारी हरुको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

