काठमाडौं ,१ कार्तिक
उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरेको छ ।
र्यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रेस्पोन्स टिमले बुधबार पम्पमा सिल लगाएको हो ।
र्यापिड रेस्पोन्स टिममा प्रधानमन्त्रीको कार्यालयसहित सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारी सहभागी थिए ।
सोही टोलीले मंगलबार साँझ तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो । प्रधानमन्त्री कार्यालयमा पम्प सञ्चालकहरुले पम्पको मिटर बिगारेर कम परिमाणमा इन्धन बिक्री गर्दै आएको धेरै गुनासो आउन थालेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा यस्तो टिम खडा गरी अनुगमन गर्न थालिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

