जनकपुरधाम,१ कार्तिक
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा साह नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन्। साह आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

