उमेश बि.क / नवलपरासी ,२९ असाेज
सांसद बिनाेद चाैधरीले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
पश्चिम नवलपरासीको सरावल ४ गाेबरहियामा आयाेजित गाउँले भलिबल प्रतियोगिताकाे कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद चाैधरीले खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन काम गरेको बताउनुभयो । खेलको बृद्धिविकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता रहेको औँल्याउदै खेलको विकासका लागि आफु कहिलै पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले खेलको माध्यमबाट खेलाडीको चौतर्फी विकास हुने बताउँदै स्वास्थ्य र उज्वल भविष्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । खेलले शरिरलाई स्वास्थ बनाउनुकाे साथै यसले राेजगार सृजना हुने बताउनुभयो । पालिकाले अब खेल र खेलाडी ब्यवस्थापन गर्नकाे लागि कार्यविधि बनाइ रहेको कुरा राख्दै पालिका खेल र खेलाडी उत्पादन गर्ने बताउदै यश खेल सन्चालनका लागि विशेष सहयोग साथ दिईरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

उदय सामुदायिक बिकास प्रतिष्ठानकाे आयाेजनामा सन्चालित गाउँ स्तरीय भलिबल प्रतियोगिता प्रतिष्ठानका अध्यक्ष नारायण चाैधरीकाे अध्यक्षता तथा सांसद बिनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच उदघाटन भएको हाे।

गाउँ स्तरीय भलिबल प्रतियोगिताकाे उदघाटन कार्यक्रममा सरावल गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चाैधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरी , नेपाली काङ्ग्रेसको नेता मुकुल अचार्य , जन्मेजय यादव , इन्द्रबहादुर चाैधरी , छाेटेलाल यादव लगाएतकाे सहभागीता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु २० हजार , मेडल र द्धितृय हुनेलाई नगद १३ हजार मेडल तथा तृतीय हुनेलाई ७ हजार सहित मेडल प्रदान गरिने प्रतिष्ठानका सचिव राजन श्रेष्ठले जानकारी दिनुभयाे । भलिबल प्रतियोगिताकाे लागि ३० वटा टिमकाे सहभागीता रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

