Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि.द्वारा दशै , दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान

आरपि उपाध्याय / नवलपरासी , २९ असाेज

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि. विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा विजयादशमी,शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम त्रिवेणी स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष तारादेवी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गा.पा. वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वमा गरिने अनावश्यक खर्चलाई कटौती गरि कम खर्चमा पनि चाडपर्व मनाउन सकिने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद चौलागाईं भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था शिवपुरगढीका प्रबन्धक सिंह बहादुर थापा,नारायणी गण्डकी सा. तथा सं. मा.वि. त्रिवेणीका प्र.अ. दिनेश कुमार पाण्डे,आस्था महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अन्जिता कुवर, चिरञ्जीवी ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाको उपाध्यक्ष निर्मला घिमिरेको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई संस्थाकी प्रबन्धक रम्भा सिंह ठकुरीले सञ्चालन गर्नुभएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित