Rashtriya Dainik

विद्यार्थीले व्यक्तिगत र कक्षाकोठा साथै वरपर सरसफाइ गर्नुपर्छ : पालिका अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी , २८ असोज ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले विद्यार्थीले आफ्नो व्यक्तिगत सरसफाइका साथै कक्षाकोठा र वरपरको वातावरण नियमित रुपमा सरसफाई गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित मदरसामा अध्यनरत विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाइ सचेतना कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले विद्यालयमा आउँदा पनि डष्टबिनको सही प्रयोग गर्ने, खाएका खानेकुरा जथाभावि नफाल्ने, वातावरण स्वच्छ सफा राख्ने, नियमित रुपमा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । सरसफाइको अभावकै कारण धेरै रोग लाग्ने गरेको बताउँदै रोग लाग्न नदिन सबैले सरसफाइको महत्व बुझ्नुपर्ने बताउनुभयो ।


सरावल गाउँपालिकाकाे रामपुर खडौना स्वास्थ्य चौकी र वडा नं. ६ वडा कार्यालयको समन्वयमा मदरसामा अध्यनरत मुस्लिम विद्यार्थीलाई असल छिमेकी नेपाल संस्थाद्वारा व्यक्तिगत र वातावरणीय सरसफाइ तथा स्वास्थ्य सचेतना प्रदान गरेको हो |

सरावलको वडा नं. ६ मा रहेका मदरसा नुरुल उलुम मधवलिया र मदरसा अरयिबा अहले सुन्नत रजाउल ओलम भुजहवामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि करिब चार सय विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइका सामग्री साबुन नेलकटर, मन्जन, ब्रुस, रुमाल वितरण गरिएको थियो । उक्त अवसरमा सिराजु अन्सारी र रबी प्रताप यादवले स्वास्थ्य र सरसफाइको महत्पबारे प्रशिक्षण दिनुभएको थियो ।

मदरसाका प्रधानाध्यापक ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाका सभापति सञ्जय मौर्य, असल छिमेकी नेपालका पदाधिकारी लगायतलेको पनि सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित