राष्ट्रिय दैनिक / नवलपरासी ,२९ असाेज
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक जिताउने खेलाडीलाई सम्मान गरेका छन् । सोमबार नवलपरासीको बर्दघाटमा एक कार्यक्रमका बीच महिला कबड्डी टीमकी राष्ट्रिय खेलाडी सृजना कुमारी थारुलाई सम्मान गरेका हुन् । महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेकोको हो ।

सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी १ की बासिन्दा थारु राष्ट्रिय महिला कबड्डीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्रै खेलाडी हुन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. २ प्रसौनी निवासी थारुलाई सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीले सम्मान गर्दै खेलजीवनको सफलताको शुभकामना दिए । “खेलमार्फत् नवलपरासी जिल्लालाई मात्रै नभएर सिंगो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,” सांसद चौधरीले भने ।
नेपाली राष्टिय क्रिकेट टीमका कप्तान रोहित पौडेल पनि नवलपरासी बर्दघाटका हुन् ।

यसअघि सांसद चौधरीले कप्तान रोहितलाई पनि बर्दघाटमा सम्मान गरेका थिए ।
नवलपरासीको खेल क्षेत्रको विकासका लागि सांसद चौधरीले पूर्वाधार विकासदेखि खेलाडीका लागि आवश्यक खेलसामग्री उपलब्ध गराउदै आएका छन् । photo chaa
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

