राष्ट्रिय दैनिक , २८ आश्विन
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।
जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

