Rashtriya Dainik

चाडपर्वलाई लक्षित गरी जिल्लाका महत्वपुर्ण ५ स्थानमा यात्रु सहायता कक्षको शुभारम्भ

आरपि उपाध्याय / नवलपरासी , २८ असाेज

जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीको आयोजनामा आउदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्लाका महत्वपुर्ण ५ स्थानमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ ।

यात्रुवर्गको गुनासोलाई तत्काल सम्बोधन गर्ने तथा सवारी साधननको अनुगमन गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख ट्राफिक ईन्सपेक्टर अच्युतराज आचार्यले जानकारी दिनुभएको छ ।
जिल्ला अन्तर्गत यात्रु सहायता कक्ष आईतबार एक कार्यक्रमका बिच शुभारम्भ गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले यात्रा गर्दा यात्रुले भोग्नु परेका कठिनाईलाई समयमा नै समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको बताउदै यात्रु वर्गले सुरक्षित र भयरहित ढंगबाट यात्रा गर्न आग्रह गर्नु भएको थियो ।
यात्रु सहायता कक्षहरुमा कावासोती नगरपालिका ८ फलफुल चोक, कावासोती ८ कै डण्डा , विनयी त्रिवेणी २ ज्यामिरे , देवचुली नगरपालिका १३ दलदले र गैडाकोट नगरपालिका २ पुलचोकमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय कावासोतीले जानकारी दिएको छ ।
यात्रु सहायता कक्षको शुभारम्भ गरी संचालनमा ल्याइएको कार्यक्रममा उपस्थित चालकहरुलाई फूलको गुच्छा दिई सुखद यात्राको शुभकामना समेत दिइएको पनि ट्राफिक प्रहरीले बताएको छ ।


यात्रु सहायता कक्षको विधिवत शुभारम्भ गरिएको कार्यक्रममा जन प्रतिनिधि, सवारी चालक, बस व्यवसायी र ट्रक व्यवसायी संस्थाका प्रतिनिधि र अन्य सर्वसाधारण हरुको पनि उपस्थिती रहेको जानकारी प्राप्त भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित