राजन कुमार बानिया / पर्सा, २८ असोज
बिजया दशमीको अवसरमा अाज पर्साको धोबिनी गाउँपालिका वाड नं ४ लंगडीमा घटस्थापनाको दिन बिशाल कलश यात्रा निकालिएको छ ।
धोबिनी गाउँपालिका वाड नं ४ लंगडी चौकमा रहेको नव दुर्गा पुजाको प्राङ्गणबाट करिब १ हजारको संख्यामा,बाजागाजासहित निकालिएको कलश यात्रा बाट लंगडी ,बखरी गाउँ परिक्रमा गदै सिकटा नदिको छठिया घाट जलभरेर दुर्गा पुजा राखेको स्थानमा स्थापित गरिने कार्यक्रम रहेको दुर्गा पुजा समितीका अध्यक्ष रामाशंकर साह कलवारले जानकारी दिए।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा पर्साका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।
यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजा आजा गर्ने परम्परा रहेको छ ।
पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने अध्यक्ष कलवारले जानकारी दिए।
कलश यात्रामा नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, जसपा का युवा नेता दिभाकर पटेल, पत्रकार लालबाबु बानिया,वडाअध्यक्ष अबास मियाँ ,सदस्य मदन सहनी,कमल ठाकुर,शिक्षक राजनारायण पटेल,दुर्गा पुजा समितिका बिरेन्द्र कलवार,कमरुल मियाँ ,लालबाबु पटेल,बिनय साह कानु,लगायतको सहभागिता रहेको थियो।
जल यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा फ्रुटी ,सरबत पानी लगायतको ब्यवस्थापन बखरी का युवा हरु बिनय साह,लंगडीमा रोशन पटेल र लंगडीमा प्रमोद प्रसाद कुर्मी लगायतले व्यवस्थापन गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

