Rashtriya Dainik

पाल्हिनन्दनबाट झन्डै १० लाख बराबरको औषधि बरामद

नवलपरासी , २८ असाेज

पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट प्रहरीले झन्डै १० लाख बराबरदको औषधि बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भित्र्याईएको ९ लाख ८१ ह्जार बराबरको औषधि प्रहरीले पाल्हिनन्दन १ बन्धाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय महेसपुरको टोलीलाई देखेपछि अवैध रुपमा विभिन्न प्रकारका औषधि बोकेर पैदल आउदै गरेका व्यक्ति औषधि सोहि स्थानमा छाडेर भागेको प्रहरीले जनाएको छ ।

बरामद औषधी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित