राष्ट्रिय दैनिक / २८ असोज, २०८०
एसिसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ । बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकी रहँदा नेपालले पुरा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो ।
नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो । ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे । त्यसबाहेक दीपक बोहराले ४ रन जोडे ।
उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दीपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
१६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न बलियो सम्भावना देखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

