उमेश बि.क / नवलपरासी ,२५ पुस नेपाली काँग्रेसले शनिबार देशभर अाेलि सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशव्यापी विरोध प्रदर्शन गरेको काँग्रेसले बेजोडको शक्ति प्रर्दशन गरेको दावी गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । नेपाली कांग्रेस पार्टीले सञ्चालन गरेको देशब्यापी विरोध प्रदर्शन पश्चिम नवलपरासीमा पनि सम्पन्न गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व सरकारले गरेको प्रतिनिधिसभा बिगठनकाे असम्बैधानिक तथा अलाेकतान्त्रिक कदम सर्वसत्तावाद र भष्टचारका विरुद्धमा नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क १ काे सभापति बेद प्रसाद शर्माकाे अध्यक्षता तथा संविधानसभा सदस्य विक्रम खनालकाे प्रमुख अातिथ्यतामा विरोध सभा कार्यक्रम सम्पन्न भएको हाे। विरोध सभालाई सम्बाेधन गर्दै संविधानसभा सदस्य विक्रम खनालले कम्युनिस्ट सरकार बलत्कार ,छाडातन्त्र र अशान्ति बाहेक कुनै काम नगरेको भन्दै यस्ता भष्टचारीहरुलाई सत्तबाट हटाउन जरुरी रहेको बताउनु भएको हाे। नेपाल दु:खमा पर्दा काेराेनाकाे बिषम परिस्थितिमा पनि लुटतन्त्र माैलाएकाे र रेल ,पानी जहाज ,घरघरमा ग्यास ल्याउने कुरा नेकपाकाे सडयन्त्र मात्र रहेको कुरा चर्चा गर्नुभएको हाे।अाफ्नाे कार्यकालमा अाफुले ठुलो विकास निर्माण कार्य गरेको बताउदै अाेलि सरकार र नेकपा पार्टी भष्टचारमा लिप्त भएकाे बताउदै नेपाली काङ्ग्रेस बाहेक अन्य कुनै बिकल्प नरहेकाे कुरामा जाेड दिनुभएको हाे। साथै नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व सरकारले गरेको प्रतिनिधिसभा बिगठनकाे असम्बैधानिक कामप्रति घाेर अापत्ति जनाउनु भएको हाे। विराेध प्रदर्शन कार्यक्रममा निवर्तमान जिल्ला उपसभापति दिप प्रसाद लाेहनि,जिल्ला सदस्य विश्वप्रेम पाठक ,नेता तपचन्द्र विश्वकर्मा ,महासमिति सदस्य अनिल गाैड ,नेपाल महिला संघ जिल्ला सभापति कमला पराजुली ,काङ्ग्रेस नेता मान बहादुर थापा,तरुणदल जिल्ला सभापति सुक बहादुर गुरुङ,बर्दघाट नगर सभापति सम्भुलाल श्रेष्ठ ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डेय , नेपाल विद्यार्थी संघका नेता ददिराम पाैडेल,नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क १ काे सचिव दिपक बराल लगाएतले नेपाली काङ्ग्रेसको अगुवाइमा धेरै विकास निर्माणका कार्य भएको र हाल केपि अाेलि सरकारले देसमा ज्यादती गरेको छ । नेपालको संविधान जाेखिममा रहेको हुदा प्रत्येक जनता केपिकाे कुकार्य प्रती अवाज उठाउन जरुरी छ ।बाम पार्टी निजि स्वार्थमा देशलाई लुटिरहेका छन। केपि अाेलि र बिद्या भण्डारीले देशका जनतालाई दुखमा धकेलिएको कार्यप्रती अब नेपाली काङ्ग्रेस चुप लागेर बस्न सक्दैन भन्ने कुरामा जाेड दिनुभएको थियाे । विराेध कार्यक्रममा कम्युनिस्ट पार्टी परित्याग गरि बर्दघाट नगरपालिका वडा १३ वडा सदस्य उम्मेदवार समसेर कुचडा सहित ३० जना नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।