सुरेश यादव / नवलपरासी , २८ असाेज
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ९ पिपरहिया स्थित पुजा निर्माण सेवाले योजनाकाे काम गर्दा सुचना पार्टी समेत नराखी कमस्ल काम गरेको भन्दै स्थानियहरुले विरोध गरेका छन ।
रामग्राम नगरपालिका भित्र रहेको जोकवार देखि पिपरहिया जानेको बाटो पुजा निर्माण सेवाले सुचना वाेर्ड नराखी मनोमानी तरिकाले कमसल कालो पात्रे सडक निर्माण कार्य गरिरहेको भन्दै पिपरहियाका स्थानियहरुले हिजाे विहान निर्माण स्थल सडकमा विरोध गरेका हुन । पुजा निर्माण सेवाले कालो पत्रे सडक निर्माण कार्य सुरु गरे देखिनै सुचना पार्टी नराखि मनोमानी तरिकाले गुणस्तरहिन काम गरेको स्थानिय श्रावण कुमार विश्वकर्माले बताउनुभयो ।
नवलपरासीको रामग्राम नगरपालिका पिपरिहया स्थित पुजा निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै हिजाे विहान देखि निर्माण स्थल सडकमा स्थानियहरुले विरोध गरे पछि सम्बन्धित वडाका अध्यक्ष भोजनारायन यादव र वडा सदस्य भास्कर गौंडको पनि उपस्थित हुनुभएकाे थियाे । पुजा निर्माण सेवाले कालो पत्रे गरेको सडक मापदण्ड विपरित खाल्डा खुल्डी र चोवाको मात्रा एक दमै काम मात्रामा रहेको छ भन्दै यसलाई अझ राम्रो तरिकाले बनाउनु पर्छ वडा अध्यक्ष यादवले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । वडा अध्यक्षले भने अनुसार संघिय र प्रदेश सरकारले डेढ/डेढ करोड बजे विनियोजन गरेको छ ।
सरकारी कार्य सुरु गर्नु भन्दा पहिला वा काम सुरु गर्ने वितिकै सुचना पार्टी राखी काम गर्नुपर्ने प्रावधान रहेपनि पुजा निर्माण सेवाले ४ महिना देखि रामग्राम नगरपालिका वडा नं ९ स्थित पिपरहियामा सडक निर्माण कार्य सुरु गरे देखि नै वोर्ड नराखि मनोमानी तरिकाले कम्सल काम गरिरहेको चन्द्र भुषण पाठक(जुगानीले) बताउनुभयो । पाठकले भने अनुसार बजेट कहाँको हो कति मुल्य बरारबको हो कति मिटर सडक निर्माण हुने काम कहिले देखि सुरु भएको हो कहिले समपन्न हुने हो स्थानियहरुले सुचना पार्टी हेर्न र बुझन खोज्दा कहिँ कतै सुचना पार्टी नराखी पाल्हीनन्दन गाउँपालिका वडा नं ३ कुश्मामा रहेका पुजा निर्माण सेवाले मनोमानी तरिकाले गुणस्तरहिन काम गरी रहेको प्रति सम्बन्धित निकाय मौन रहेको देख्दा सम्बन्धित निकायको मिलाेमतोमा गुणस्तरहिन काम गरिरहेको देखेर स्थानियहरुले विरोध गरेका हुन ।

२५ सय मिटर सडक कालोपत्रे असार मसान्त सम्म समपन्न गर्ने गरी पुजा निर्माण सेवा संग रामग्राम नगरपालिकाले समझौता गरेको थियो उक्त सडक कालोपत्रे गर्नका लागि ३ करोड रुपैया विनियोजन भएकाे छ । उक्त निर्माण सेवाले असार मसान्त सम्म काम समपन्न गर्न नसकेपछि म्याद थपिएपछि नयाँ सुचना पार्टी राख्न सकिएन भोलिराख्छु पुजा निर्माण सेवाका ठेकेदार रविन्द्र पटेलले दाबीसमेत गर्नुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

