Rashtriya Dainik

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ द्वारा जयादशमी २०८० को शुभकामना आदानप्रदान

आरपि उपाध्याय / नवलपरासी , २८ असाेज

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ वडा कार्य समिती नवलपुरको आयोजनामा विजयादशमी २०८० को शुभकामना आदानप्रदान कार्यक्रम त्रिवेणीको रानीनगरमा सम्पन्न भएको छ।

वडा कार्य समितिका कार्यवाहक सभापति गिरधर स्वर्णकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका महाअधिवेशन प्रतिनिधि नन्द किशोर रौनियारले पार्टीभित्र रहेका आन्तरिक समस्यालाई समाधान गर्दै संगठनलाई बलियो बनाउन सबै कार्यकर्ताको परम कर्तव्य रहेको धारणा राख्नुभयो।

सो अवसरमा नेपाली काङ्ग्रेस नवलपुरका जिल्ला कार्य समिती सदस्य निरन्जन थापा (सुनिल) ले विजयादशमी २०८० को शुभकामना व्यक्त गर्दै यसपटकको विजयादशमीबाट सबै नेपाली काङ्ग्रेसका कार्यकर्ता शुभेच्छुकहरु अझ बढी कृयाशिल भएर अगाडी बढ्न सकिए सुन्दर भविष्य प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँ कार्य समितिका उपसभापति प्रकाश कुवर,पुर्व वडाध्यक्ष गोपाल बहादुर क्षेत्री,पुर्व वडा सदस्य सुनिता राई, महिला संघकी वडा सभापति राधा कार्की, शम्भु प्रसाद रौनियार,सागर सिंह थापा,मोतिलाल ढकाल लगायतले मन्तव्य सहितको शुभकामना व्यक्त गर्नुभएको थियो।

सो अवसरमा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता,भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको पुर्व वडा सदस्य मुनिर अन्सारीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित